नेपाल कुरियर सेवा संघका पदाधिकारीज्युहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक श्री विष्णुप्रसाद ज्ञवालीज्युबीच कुरियर सेवासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल सम्पन्न भएको छ।

उक्त छलफलमा CAN तथा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। छलफलले कुरियर सेवाको प्रभावकारी व्यवस्थापन, द्रुत सेवा प्रवाह, र निर्यात प्रवर्द्धनमा सहकार्य सुदृढ गर्ने विषयमा जोड दिएको छ।

छलफलका मुख्य बुँदाहरू निम्नानुसार रहेका छन्:

  • कुरियर सेवाका लागि छुट्टै काउन्टर, एक्स-रे सुविधा, द्रुत भन्सार क्लियरन्स तथा भविष्यमा छुट्टै कुरियर टर्मिनल स्थापना गर्न पहल गर्ने।

  • कुरियर सेवा द्रुत सेवा प्रदायक संस्था भएकाले हालको कानुनी सुविधालाई सरल बनाउँदै कुरियरलाई छुट्टै भन्सार पोर्टलमा समावेश गर्न भन्सार विभागसँग समन्वय गर्ने।

  • भन्सार प्रशासन र कुरियर सेवाबीच निर्यात प्रवर्द्धनका लागि सहकार्य विस्तार गर्ने।

  • नेपालमा कुरियर सेवा प्रदान गर्ने कम्पनीहरूको पहिचान गरी सेवालाई पारदर्शी, व्यवस्थित तथा समयानुकूल बनाउने।

छलफलले नेपालमा कुरियर सेवाको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *