२०८०/०५/२३ गते नेपाल कुरियर संघको २९औ साधारण सभा

२०८०/०५/२३ गते नेपाल कुरियर संघको २९औ साधारण सभा भब्य र शब्य रुपमा काठमाडौँको सिल्भर ओक ब्याङ्केट एंड इभेन्ट्स सेन्टरमा सम्पन्न भयो। उक्त कार्यक्रम मा दुर्गा प्रसाद सुबेदी (दिपेश) को नेतृत्वमा नया कार्य समिति पनि निर्बाचित भए को छ। उक्त कार्यक्रमका झलकहरु ..

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी

नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् । समितिको सदस्यहरूमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैनाली, निशा […]

नेपाल कुरियर सेवा संघ फ़ुट्सल प्रतियोगिता

नेपाल कुरियर सेवा संघले कुरियर डे को अवसरमा यहि २०८०/०५/२१ गते आयोजना गर्न लागेको फ़ुट्सल प्रतियोगितामा इच्छुक सदस्य कम्पनीहरुले २०८० भाद्र २० गते भित्र टिम दर्ता गराई खेलाडीको नाम उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध छ। टिम दर्ता शुल्क प्रति सदस्य कम्पनी रु ३०००/ तोकिएको छ।एउटै कम्पनीको खेलाडीहरुको टिम नपुगेमा २-३ कम्पनीको खेलाडी मिलायर पनि टिम […]

बृक्षारोपण कार्यक्रमा

आज मिति २०८० श्रावण २७ गते शनिबार त्रि बि भन्सार कार्यलय परिसरमा भन्सार दिबसको उपलक्ष्य मा प्रमुख भन्सार प्रशासक श्री डा टोकराज पाण्डे ज्युको नेतृत्वमा भएको बृक्षारोपण कार्यक्रमा नेपाल कुरियर सेवा संघ सहभागी भएर सम्पन्न भयो । रुख रोपौं हरियाली बढायौ ।

गण्डकी प्रदेशको प्रथम अधिबेशन

आज मिति २०८०/०४/२७ गते गण्डकी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिबेशनबाट श्री दिपक आचार्य ज्युको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिती गठन भएको छ । हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।

कोशी प्रदेशको प्रथम अधिबेशन

आज मिति २०८०/०४/२७ गते कोशी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिबेशनबाट श्री सुरज कोइरालाको ज्युको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती नयाँ र गठन भएको छ । हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।