
काठमाडौं । नेपाल कूरियर सेवा संघ (COSAN) ले हालैको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै एक अपिल सार्वजनिक गरेको छ। संघले विशेषतः Gen-Z पुस्ताका विद्यार्थीमाथि भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारको संरक्षण गर्न आग्रह गरेको छ।
संघले सम्बद्ध निकायलाई नागरिकको हकहित र अधिकार सुनिश्चित गर्न अनुरोध गर्दै कूरियर व्यवसायीहरू सधैं लोकतन्त्र, शान्ति र विकासका पक्षमा रहने उल्लेख गरेको छ।