आज मिति २०८२/१०/१२ (January 26, 2026) का दिन ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसर मा आयोजित कार्यक्रममा नेपाल कुरियर सेवा संघको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत आयोजित ब्याडमिन्टन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने नेपाल कुरियर सेवा संघका खेलाडीहरू — खोटराज सुबेदी “माधव” र गुरुदेव सुबेदी — लाई त्रि.वि. भन्सारद्वारा सम्मानपत्र, पदक तथा नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको छ।
साथै, संघका अध्यक्षज्यू लगायत पदाधिकारीहरूको टोलीले खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यस किसिमका कार्यक्रमहरूले भन्सार प्रशासन र कुरियर सेवा क्षेत्रबीचको सहकार्य तथा खेलकुद र उत्साहलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
