७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को उपलक्ष्यमा आयोजना गरिएको सप्ताहव्यापी विविध कार्यक्रमहरू अन्तर्गत आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाल कुरियर सेवा संघका पदाधिकारी तथा सदस्यज्यूहरूको सक्रिय संलग्नता रहेको थियो। संघको सहकार्यमा कुरियर बाटिका सहित सम्पूर्ण भन्सार परिसरमा सरसफाइ गरिएको छ, जसले वातावरणीय स्वच्छता, सौन्दर्य र सार्वजनिक सचेतनामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

संघले स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माण गर्ने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यस प्रकारका कार्यक्रमहरूले भन्सार प्रशासन र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्नुका साथै सफा र हरित वातावरण प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *