कसानको निरन्तर बजार अनुगमन l हिजो र आजको ( २०८२/०९/२३ र २४ गते ) बजार अनुगमन पनि ज्यादै सौहार्द पुर्ण रुपमा सम्पन्न गरियो। पौष मसान्तको चटारो, धपेडि र कार्यव्यस्तताको बाबजुद पनि बिहान ११ बजे देखि ५ बजे सम्मनै अनुगमनमा संघका अत्यन्त सक्रिय अध्यक्ष अनिल राज भण्डारीज्यु साथ दिनु हुने पुर्व अध्यक्ष श्री देवेन्द्र खड्काज्यु, उपाध्यक्ष एवं उच्च स्तरीय अनुगमन समितिका संयोजक श्री राजकुमार सामरी ज्यु, महासचिव श्री कृष्ण नेपालज्यु, कोषाध्यक्ष श्री प्रकाश सुवेदीज्यु, प्यासिफिक एक्सप्रेसका संचालक श्री टिकाराम कार्कीज्यु सहित यस टिमका अन्य सदस्यज्युहरुलाई बिशेष धन्यवाद l हामीले ठमेल क्षेत्र, नयाँ बजार क्षेत्र, बनस्थलि, नयाँ बसपार्क लगायतका क्षेत्रका ९ जना कुरियर व्यवसायी साथीहरूको कार्यालयमा अनुगमन भ्रमण सम्पन्न गरियो । हामिले विविध बिषयहरुको साथसाथै मुख्यत ३ वटा बिषयहरुमा केन्द्रित रहि ध्यानाकर्षण र छलफल गरिएको छ। १) समाजिक संजालमा दररेट सहितको बिज्ञापन गर्ने कार्यलाई पुर्ण रुपमा बन्द गर्ने। २) सरकारद्वारा निशेधित बस्तु कुरियर गरिने भनी बिज्ञापन गर्ने कार्य पुर्ण रुपम बन्द गर्ने । ३) संघको सदस्यता लिने l यिनै बुदाहरुमा गहन छलफल र बिचार बिमर्श भएको छ र उल्लेखित कार्य नियन्त्रण र बन्द गर्ने सबैबाट प्रतिबद्धता समेत प्राप्त भएको छ। साथै यस अगाडि अनुगमन गरिएका केही कम्पनीहरु बाट उल्लेखित कार्य नरोकिएको र छदम(फेक) आईडी बाट प्रचार प्रसार भैरहेको भन्ने जानकारी प्राप्त भएकोले संघका सदस्यज्युहरुलाई त्यसो नगर्न नगराउन हुन अनुरोध गरिन्छ। अहिले त हामिले जनचेतना र परामर्श गर्ने कार्यमात्र गरिरहेका छौं । हाम्रो सदासयता र सौहार्दतालाई कमजोरी नठानी दिनहुन समेत अनुरोध गर्दछौं । धन्यवाद 🙏जय कोसान्🙏 (२३ गते पेप्सीकोला,चाबहिल क्षेत्र – कार्यसमिति सदस्य माधब सुबेदीज्यु सहित )
