जाऔँ है जाऔँ! — कोसान पिकनिक जाऔँ !!!
नेपाल कुरियर सेवा संघद्वारा आयोजित वार्षिक बनभोज कार्यक्रम मा सहभागी भई भेटघाट, जमघट र रमाइलो गरौँ। हरेक वर्षझैँ यस वर्ष पनि संघद्वारा आयोजना हुने पिकनिक निम्न मिति र स्थानमा सम्पन्न हुँदैछ: मिति: २०८२/१०/१७ गते शनिबार (31st January 2026)स्थान: चाँगुनारायण नगरपालिका वडा नं. ३, चुनादेवी, नगरकोटप्रस्थान समय: बिहान ७:०० बजेप्रस्थान स्थान: तिनकुने (संघको कार्यालय अगाडि) समयमै […]
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरूमा नेपाल कुरियर सेवा संघको सक्रिय सहकार्य
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को उपलक्ष्यमा आयोजना गरिएको सप्ताहव्यापी विविध कार्यक्रमहरू अन्तर्गत आज RUN 4K म्याराथुन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा नेपाल कुरियर सेवा संघले सक्रिय सहभागिता तथा सहकार्य गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। खेलकुद, स्वास्थ्य सचेतना र सामाजिक एकताको सन्देश बोकेको यस म्याराथुनले सहभागीहरूमा उत्साह, अनुशासन र स्वस्थ […]
रक्तदान ! जीवनदान !! — ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल कुरियर सेवा संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को उपलक्ष्यमा नेपाल कुरियर सेवा संघद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मानवीय सेवाको उच्च भावनालाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यक्रमले समाजमा जीवन बचाउने महान् उद्देश्य लाई प्रवर्द्धन गरेको छ। रक्तदानलाई जीवनदानको सर्वोच्च रूप मान्दै, संघका पदाधिकारीहरू तथा सदस्यज्यूहरू ले सक्रिय सहभागिता जनाउँदै रक्तदान गरेका थिए। कार्यक्रममा सहभागिता जनाउने […]
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल कुरियर सेवा संघको सक्रिय सहभागिता, ब्याडमिन्टनमा द्वितीय स्थान हासिल गर्ने खेलाडी सम्मानित
आज मिति २०८२/१०/१२ (January 26, 2026) का दिन ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसर मा आयोजित कार्यक्रममा नेपाल कुरियर सेवा संघको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत आयोजित ब्याडमिन्टन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने नेपाल कुरियर सेवा संघका खेलाडीहरू — खोटराज सुबेदी “माधव” र गुरुदेव सुबेदी — लाई त्रि.वि. भन्सारद्वारा […]
नेपाल कुरियर सेवा संघ र भन्सार प्रशासनबीच सहकार्य विस्तारका विषयमा गहन छलफल
नेपाल कुरियर सेवा संघका पदाधिकारीज्युहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक श्री विष्णुप्रसाद ज्ञवालीज्युबीच कुरियर सेवासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल सम्पन्न भएको छ। उक्त छलफलमा CAN तथा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। छलफलले कुरियर सेवाको प्रभावकारी व्यवस्थापन, द्रुत सेवा प्रवाह, र निर्यात प्रवर्द्धनमा सहकार्य सुदृढ गर्ने विषयमा […]
नेपाल कुरियर सेवा संघको अनुगमन टोलीको बजार अनुगमन र ध्यानाकर्षण
कसानको निरन्तर बजार अनुगमन l हिजो र आजको ( २०८२/०९/२३ र २४ गते ) बजार अनुगमन पनि ज्यादै सौहार्द पुर्ण रुपमा सम्पन्न गरियो। पौष मसान्तको चटारो, धपेडि र कार्यव्यस्तताको बाबजुद पनि बिहान ११ बजे देखि ५ बजे सम्मनै अनुगमनमा संघका अत्यन्त सक्रिय अध्यक्ष अनिल राज भण्डारीज्यु साथ दिनु हुने पुर्व अध्यक्ष श्री देवेन्द्र खड्काज्यु, उपाध्यक्ष […]
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न, नेपाल कुरियर सेवा संघको सक्रिय सहभागिता
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस को उपलक्ष्यमा आयोजना गरिएको सप्ताहव्यापी विविध कार्यक्रमहरू अन्तर्गत आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल कुरियर सेवा संघका पदाधिकारी तथा सदस्यज्यूहरूको सक्रिय संलग्नता रहेको थियो। संघको सहकार्यमा कुरियर बाटिका सहित सम्पूर्ण भन्सार परिसरमा सरसफाइ गरिएको छ, जसले वातावरणीय स्वच्छता, सौन्दर्य र सार्वजनिक सचेतनामा महत्वपूर्ण […]
२०८२/०५/३१ गते नेपाल कूरियर एशोसिएसनको नयाँ कार्यसमिति चयन
२०८२/०५/३१ गते सम्पन्न नेपाल कूरियर एशोसिएसनको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा एशोसिएसनले नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। 🎉🌺
नेपाल कूरियर सेवा संघद्वारा हार्दिक अपिल जारी
काठमाडौं । नेपाल कूरियर सेवा संघ (COSAN) ले हालैको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै एक अपिल सार्वजनिक गरेको छ। संघले विशेषतः Gen-Z पुस्ताका विद्यार्थीमाथि भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारको संरक्षण गर्न आग्रह गरेको छ। संघले सम्बद्ध निकायलाई नागरिकको हकहित र अधिकार सुनिश्चित गर्न अनुरोध गर्दै कूरियर व्यवसायीहरू सधैं लोकतन्त्र, […]
नेपाल कूरियर सेवा संघका प्रदेश कमिटीहरूको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल कूरियर सेवा संघका विभिन्न प्रदेश कमिटीहरूको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमहरूमा नयाँ नेतृत्व चयनसँगै संघलाई अझ मजबुत र सक्रिय बनाउने संकल्प व्यक्त गरिएको थियो। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले कूरियर व्यवसायको समस्या समाधान, सेवाको स्तर वृद्धि र संघीय संरचनामा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यस क्रममा विभिन्न पदाधिकारी तथा […]
- 1
- 2