
नेपाल कुरियर सेवा संघले कुरियर डे को अवसरमा यहि २०८०/०५/२१ गते आयोजना गर्न लागेको फ़ुट्सल प्रतियोगितामा इच्छुक सदस्य कम्पनीहरुले २०८० भाद्र २० गते भित्र टिम दर्ता गराई खेलाडीको नाम उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध छ। टिम दर्ता शुल्क प्रति सदस्य कम्पनी रु ३०००/ तोकिएको छ।
एउटै कम्पनीको खेलाडीहरुको टिम नपुगेमा २-३ कम्पनीको खेलाडी मिलायर पनि टिम बनाउन सकिनेछ।
(नोट: कम्पनी संचालक तथा कर्मचारी भन्दा बाहिरका ब्यक्तीलाई खेलमा संलग्न गरिने छैन – कम्पनी को सिफारिस पत्र र परिचय पत्र अनिबार्य गरिएको छ )
यसमा बिशेष पुरुस्कार पनि रहेको छ ।
प्रथम हुने टिमलाई – १००००/- द्वितीय हुने टिमलाई- ७०००/- र तृतीय हुने टिमलाई – ५०००/-
साथमा स्वर्ण ,रजत र कास्य पदक(मेडल) र प्रमाण पत्र पनि दिएने छ।
फ़ुट्सल प्रतियोगिता सहभागिता तथा थप जानकारीको लागि निम्न व्यक्ति लाई सम्पर्क गर्नु होला
१) प्रकाश सुबेदी ( संयोजक ) मो: 9851123108
२) किरण थापा ( सह संयोजक ) मो: 9851067311
प्रतियोगिता स्थल : २-३ ठाउमा निरिक्षण गरिरहेका छौ उपयुक्त स्थान छानेर चाडै सार्बजनिक गर्ने छौ।